बिहिवार, कार्तिक ६ गते २०८३

बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्यो, २ जना घाइते

आइतवार , आश्विन २४, २०७८

काठमाडौं। मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरेर बसेकालाई हटाउन खोज्दा स्थानिय र प्रहरीबिच झडप भएको छ। औधोगिक क्षेत्रमा टहरा बनाएर बसेकाहरु दुई हजारको संख्यामा प्रदर्शनमा उत्रिएका छन्।

रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा झडपको क्रममा गोली चलेको हो। स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो। सशस्त्र प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते भएका छन्।

घाइतेमध्ये एकजनाको टाउको र एकजनाको छातीमा गोली लागेको बताइएको छ। सो औद्योगिक क्षेत्रको १ सय बिगाहा जग्गा सुकुम्वासीको नाममा कब्जा गरेपछि सो क्षेत्रमा सशस्त्र प्रहरीलाई स्थायी रुपमा राख्ने तयारी भइरहेको थियो। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार