काठमाडौं। हामीले कति यस्ता साम्रज्य, राज्य र राजाहरुको कहानी सुनेका छौँ। जसले आफ्नो युद्धकला र कौशलताले अन्य साम्राज्यहरुमा गएर विजय प्राप्त गरेका छन्। र आफ्नो बनाएका छन्। तर २ सय वर्ष पहिले चीनकी एक यस्तो महिला समुद्री डाँकु थिइन्, उनिसंग १८०० भन्दा बढी जहाज थियो।
ति महिलाले आफ्नो जिवनको शुरुवात चीनको एक तटिय क्षेत्रमा देशव्यापारबाट गरेकी थिइन्। तर पछि गएर उनि समुन्द्रमा पोर्चुगल र चिनियाँ सैनिकको काल बनिन्। उनि समुन्द्री डाँकु (पाइरेट) झोंग यी साओ, शी यैंग र चिंग शीको नामले प्रख्यात थिइन्।
हिंसा, अधिक मेकअप र देह व्यापारबाट चर्चित भएकी चिंग शी १८४४ सम्म बाँचिन्। उनले आफ्नो कब्जामा आएका मानिसहरुलाई कठोर सजाय दिन्थिन्। चिंग शीको जन्म १७७५ मा शिनहुई को ग्वांगडोंगमा भएको थियो। इतिहासकारले उनको परिवारजन र पारिवारिक इतिहासबारे जानकारी जुटाउन सकेनन्। तर उनको जिवनलेनै इतिहासमा उनको ठाँउ पक्का बनाएको छ।
१८ औं सताब्दीमा समुन्द्री जहाज र समुन्द्रको माध्ययमबाट हुने कारोबारमा पुरुषहरु मात्रै सहभागी हुन्थे। बन्दरगाहमा रोकीराखिएका जहाज र किनारामा लंगर राखिने जहाजमा वेश्यावृत्ति सामान्य कुरा थियो।
इतिहासकारहरुका अनुसार चिंग शी जम्मा ६ वर्षकै उमेरमा सेक्स वर्कर बनेकी थिइन्।
त्यो समयमा झेंग यी एक पाइरेट थिएर उनि चिंग र ग्वेन आन साम्राज्य विरुद्ध लडेका थिए। उनि भियतनाका सुर्यवंशी राजाका वंशको समर्थनमा लडेका थिए, उनका नातेदार झेंगका त्यो समयका मुख्य पाइरेट थिए।
आफ्नो एक आक्रमणको समयमा झेंग यी र चिंग शीको भेट भएको थियो। त्यपछि उनिहरु प्रेममा परे। र पछि १८०१ मा उनिहरुले विवाह गरे।
खासम झेंग यी ले आफुले जितेको आधा सम्पत्तिमा हकदार बनाउने बाचा गरेपछि चिंग शीले विहेको प्रस्ताव तुरुन्तै स्वीकार गरेकी थिइन्। विहेको मसयमा उनि २६ वर्षकी थिइन्। विहेको १ वर्षपछि झेंग यी का नातेदार झेंग कीलाई ग्वेन साम्राज्यको सेनाले भियतनामको सिमाना नजिक पक्राउ गरेर हत्या गर्यो।
यही मौकाको फाइदा उठाउँदै झेंग यीले झेंग कीको नेतृत्वमा काम गरीरहेको सबै डाँकुहरुलाई आफ्नो तर्फ बनाई आफु उनिहरुका नेता बने। झेंग यीले एक माछा मारेर जिविका चलाउने परिवारका एक बालकलाई गोद लिएका थिए। उनि जम्मा १५ वर्षको हुँदा उनलाई किडन्याप गरेर समुन्द्र डाँकुहरुलाई सुम्पिएको थियो।
उनको नाम थियो झांग बाओ। उनि आफ् पितालाई सहयोग गर्ने गर्थे। झांग यी चिनको समुन्द्रमा सक्रिय सबै पाइरेटलाई एक छाता मुनी ल्याउन चाहन्थे। ताकी पोर्चुगली, चिनियाँ, ब्रिटानी र फ्रान्सेली सैनिकहरुको सामना गर्न सकियोस्।
उनको योजना अनुसार डाँकुहरुलाई एकजुट गर्न चिंग शीले मुख्य भुमिका निभाइन्। उनले डाँकुका नेताहरुसंग कुराकानी गरिन्। त्यसमा उनको देहब्यापारको समयमा भएको चिनजानले पनि काम गर्यो।
झेंग र चिंगको प्रयासले १८०५ मा चीको सागरमा सक्रिय सबैपाइरेट एकजुट भए। उनिहरुको परिचयरातो, कालो, सेतो, निलो, पहेँलो र बैजनी ६ फरक फरक झण्डासंग थियो। उनिहरुले समुन्द्रलाई आफ्नो आफ्नो भागलगाए र उनिहरु सबै झेंग यीको नेतृत्वमा लड्ना तयार भए।
१९ औं सताब्दीमा आइपुग्दा झेंग यी एक बलियो पाइरेट नेता बनिसकेका थिए। उनको साथमा ७० हजार बढी पाइरेट र १२ सय भन्दा बढी जहाज थिए। र यो ताकतको पछाडी थिइन् चिंग शी। यही विचमा चिंग शीलेदुई वटा छोरालाई जन्म दिएकी थिइन्। तर केही इतिहाशकार भने उनले बच्चालाई जन्म नदिएको दाबी गर्छन्।
तर यो पनि मानिन्छ की दोस्रो छोरोको जन्मको केही समय पछाडी झेंग यीको मृत्यु भयो। उनि त्यो समय ४२ वर्षका थिए। चिंग शीको चाहना थियो की डाँकुको नेतृत्वको अरुको हातमा नजाओस्। त्यसैले गोद लिएका छोरा झांग बाओको सहयोगमा उनले नेतृत्व आफ्नो हातमा लिइन्।
डाँकुहरुको स्वघोषित कानुन अनुसार कोही महिलालाई नेता मान्ने अनुमति थिएन जहाजमा महिलाको उपस्थिती पनि असुभ मानिन्थ्यो त्यसैले चिंग शीले झांग बाओलाई नेता बनाएकी थिइन् तर उनि चिंग शीको कठपुतली बनीसकेका थिए। र उनले झांग बाओको आडमा सत्ता चलाइन्।
पछि उनले गोद लिएका छोरासंगै विहेपनि गरिन्। पछि झांग बाओकोपनि ३६ वर्षको उमेरमै मृत्यु भएपछि उनि आफु जन्मेकै ठाँउ ग्वांगडोंग फर्किइन्। जँहा उनले एक जुवा घर र वेश्यावृत्तिका लागी कोठीको स्थापना गरेर बसिन्।
कति साम्राज्यका लागी नमिठो सपना बनेकी चिंग शी ६९ वर्षको उमेरमा सुतेकै ठाँउमा मृत्युवरण गरिन्। उनको कहानी एउटा यस्तो महिलाको कहानी हो जहाँ सत्ताको भोक, जिद, युद्ध रणनितिको कौशल र विश्वासघातले भरिएको छ।
बीबीसी हिन्दी