काठमाडौं। महोत्तरीमा बोक्सीको आरोपमा महिलालाई मलमुत्र खुवाएर कुटपिट गरी अभद्र ब्यबहार गरिएको छ।
जलेश्वर नगरपालिका–४ सुगा गाउँकी ४२ वर्षीया सुकमरिया देवीलाई बोक्सीको आरोपमा मलमुत्र खुवाई कपाल मुन्डन गरी अमानवीय व्यवहार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
बोक्सी आरोपमा कुटपिट गरी मलमुत्र खुवाएर कपाल काटेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३५ वर्षीय सिकिन्दर महतो, उनकी पत्नी ३२ वर्षीया पुरनीदेवी महत्तो, आमा ६५ वर्षीया प्रमिलादेवी महत्तो र भाइ २० वर्षीय अनिल महतो छन्। प्रहरीले घटनास्थलबाट पीडितलाई बाँध्न प्रयोग भएको नाइलनको डोरी, पीडितको काटिएको कपाल, मलमुत्र खुवाउन प्रयोग गरेको प्लाष्टिकको ग्लास र बियरको बोतलसमेत बरामद गरेको जनाएको छ।