सोमवार, श्रावण २५ गते २०८३
कोरोना अपडेट

२४ घण्टामा २१६९ संक्रमित थपिए, १४३२ जना संक्रमणमुक्त

शनिवार , आषाढ २६, २०७८

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर २ हजार एक सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ३० जनाको पिसिआर परिक्षण गर्दा १ हजार ३ सय ५३ जना र ३ हजार ८ सय ८७ जनाको एन्टिजेन परिक्षण गर्दा ८ सय १६ जना गरी २ हजार १ सय ६९ जना संक्रमित भेटिएका हुन ।

त्यस्तै २४ घण्टामा आज १ हजार ४ सय ३२ जनाले संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख १८ हजार ३६१ जना पुगेको छ । थप २२  जना संक्रमितले संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै मृतक संख्या ९ हजार ३६२ पुगेको छ । 

कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६ हजार ४८९ रहेको छ जसमध्ये २३ हजार ५३९ जना होम आइसोलेसनमा र २ हजार ९५० जना संस्थागत आइसोलेसनमा छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४०४ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौंमा ३०३, ललितपुरमा ६० र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार