सोमवार, आश्विन १२ गते २०८३

जेलमा रहेका छोरा भेट्न पुगेका शाहरुख र आर्यनको विचमा सिसाको पर्खाल

बिहिवार , कार्तिक ४, २०७८

काठमाडौं। बलीवुड अभिनेता शाहरुख खान  पहिलो पटक छोरा भेट्न जेलमा पुगे। बिहीबारमात्रै शाहरुख पहिलोपटक आर्यनलाई भेट्न जेल पुगेका हुन्। कोभिड–१९ प्रोटोकलका कारण शाहरुखले आर्यनलाई प्रत्यक्ष भेट्न भने पाएनन्।

बुधबारसम्म शाहरुखको परिवारलाई जेलमा आउन प्रतिबन्ध थियो। बिहीबारबाट यो प्रतिबन्ध हटेपछि शाहरुख छोरालाई भेट्न जेलमा पुगेका हुन्। शाहरुखले आर्यनसँग आर्थर जेलको भिजिट सेक्सनमा करिब १८ मिनेटसम्म इन्टरकम कुराकानी गरेका थिए।

उनीहरु कुराकानी गरिरहँदा बीचमा सिसाको पर्खाल थियो। शाहरुखले छोरासँग कुरा गरिरहँदा उनीसँग जेलका अन्य अधिकारी पनि उपस्थित थिए।

लागुऔषध मुद्धामा अभिनेता शाहरुख खानका छोरा आर्यन खान जेलमा छन्। उनी र उनका साथीहरु अरबाज मर्चेन्द्र र मुनमुन धमेचामाथि लागुऔषध सेवन र लेनदेनको आरोप छ। हालसम्म एनडीपीएस कोर्टले उनीहरुको जमानता अस्वीकार गरिरहेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार