काठमाडौं। नेकपा एमालेको आगामी १० औं महाधिवेशन गर्ने ठाँउ परिवर्तन गरिएको छ। यसअघि बुटवलमा गर्ने भनिएको महाधिवेशन चितवनमा हुने भएको हो। आज बसेको एमाले स्थायी कमिटी बैठकले एमालेको महाधिवेशन चितवन गर्ने निर्णय गरेको हो।
यस्तै बैठकले नेता रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मुल व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि गरेको छ। बैठकले व्यवस्थापन समितिका १३ जनाको नाम टुंगो लगाएको छ भने आठ जनाको नाम भोलि २ बजे बस्ने बैठकले टुंग्याउने जनाएको छ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार महाधिवेशन मंसिर १० देखि १२ गते सम्म हुने छ। उनका अनुसार मुल व्यवस्थापन समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, काशिनाथ अधिकारी, राजन भट्टराई, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल छन्।
त्यस्तै सातवटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट समेत एक/एक जना रहने गरी मुल व्यवस्थापन समिति गठन भएको छ।