बिहिवार, आश्विन १५ गते २०८३

रोहिंग्या शरणार्थी क्याम्पमा हमला, अन्धाधुन्ध गोली चल्दा ७ को मृत्यु

शुक्रवार , कार्तिक ५, २०७८

काठमाडौं। बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा हमला भएको छ। शुक्रबार विशानै हमलाकारीले अन्धाधुन्ध गोली चलाउँदा ७ जनाको मृत्यु भएको छ। रोहिंग्या क्याम्पस्थित मदरसामा यस्तो हमला भएको समाचारमा जनाइएको छ। 

हमलामा परी चारजनाको घटनास्थलमै र तीनजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको समाचारमा उल्लेख छ। घटनाबारे जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरीले एक हमलाकारीलाई पक्राउ गरेको जनाएको छ।

उनको साथबाट ठूलो मात्रामा बन्दुक र विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले अहिले अन्य हमलाकारीहरुको पनि खोजी गरिहेको समाचारमा उल्लेख छ।   

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार