बिहिवार, आश्विन १५ गते २०८३

चीनले दियो अमेरिकालाई यस्तो चेतावनी

शनिवार , कार्तिक ६, २०७८

काठमाडौं। चीनले संयुक्त राज्य अमेरिकालाई ताइवानको पक्षमा बोल्दा सम्हालिएर बोल्न चेतावनी दिएको छ। दैनिक ब्रिफिङमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले ताइवान चीनको हिस्सा भएको चिनियाँ दाबी दोहोर्‍याए।

उनले ताइवानका बारेमा बोल्दा अमेरिकाले आफ्नो शब्दहरूमा विचार गर्नुपर्ने र ’गलत संकेत’ दिन नहुने बताए। अमेरिकाले ताइवानको पक्षमा मत राखिरहँदा चीन र अमेरिकाबीचको सम्बन्धमा गम्भीर असर पर्न सक्ने उनले चेतावनी दिएका छन्।

केही दिनअघि बाइडेनले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका त्यसको प्रतिरक्षा गर्न प्रतिबद्ध रहेको बताएका थिए। अमेरिकी राष्ट्रपति जो बाइडेनको यस्तो भनाइपछि चीनले यस्तो चेतावनी दिएको हो।

वाङ वनपिनले चिनियाँ सार्वभौमसत्ता र एकताको रक्षा गर्ने बलियो प्रतिबद्धता र बलियो क्षमतालाई कसैले पनि कम आँकलन गर्न नहुने स्पष्ट पारेका छन्। हालैका हप्ताहरूमा ताइवान र चीनबीच तनाव बढेको छ। दर्जनौं चिनियाँ लडाकु विमान ताइवानको आकाशमा प्रवेश गरेका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार