शुक्रवार, आश्विन १६ गते २०८३

प्रतिभा बहुउद्देश्यीय सहकारीको २१औँ वार्षिक साधारसभा सम्पन्न, यस्तो छ प्रगति विवरण

आइतवार , कार्तिक ७, २०७८

काठमाडौं। ललितपुरबाट सेवा प्रदान गरिरहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २१औँ वार्षिक साधारसभा सम्पन्न गरेको छ ।शनिबार साधारण सभाको उद्घाटन उर्जा जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले गरिन्।

साधारणसभामा शहकारीका अध्यक्ष माधवप्रसाद तिमल्सिनाले विविध गतिविधीबारे जानकारी गराए। त्यसक्रममा उनले आर्थिक वर्ष २०७६/०७७ मा महिला सदस्य आठ हजार २५ र पुरुष सदस्य एक हजार ६ सय २४ रहेकामा आव २०७७/०७८ मा सदस्यता वृद्धि भई महिला सदस्य आठ हजार १ सय ७९ र पुरुष सदस्य तीन हजार ४ सय २३ गरी जम्मा ११ हजार ६ सय २ सदस्य आबद्ध भएको जानकारी दिए।

त्यस्तै आव २०७६/७७ मा रु पाँच करोड ५५ लाख ८८ हजार १ सय शेयर पुँजी सङ्कलन भएकामा आव २०७७/७८ असार मसान्तसम्ममा रु एक करोड ४१ लाख २९ हजार ७ सय सेयर पुँजी वृद्धि भइ हाल संस्थाको शेयर पुँजी रु ६ करोड ९७ लाख १७ हजार ८ सय पुगेको बताए।

p sahakari.jpg

संस्थाले २०७६/७७ मा रु ५४ करोड १८ लाख ४४ हजार ९ सय २४ बचत सङ्कलन गरेकामा आव २०७७/७८ असार मसान्तसम्ममा रु आठ करोड ७५ लाख ६६ हजार ९ सय १० वृद्धि भई हाल संस्थाको बचत निक्षेप रु ६२ करोड ९४ लाख ११ हजार ८ सय ३५ पुगेको छ।

आव २०७६/७७ मा रु ४० करोड तीन लाख ६३ हजार ६१७ कर्जा लगानी गरिएकामा आव २०७७/७८ सम्ममा संस्थाको लगानीमा रहेको कर्जा रु ६९ करोड २४ लाख ३५ हजार ४६१ पुगेको उल्लेख गरिएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले सहकारीका माध्यमबाट गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर माथि उठाउन सकिने बताएइन् । त्यस अवसरमा सरोकारवालाले सहकारीका माध्यमबाट गरिबी न्यूनीकरण तथा समृद्धिमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार