काठमाडौं। कलाकार र सेलीव्रेटीहरुको कामसंगै उनिहरुको क्रियाकलाप र व्यक्तिगत सम्वन्धले वेला वेला बजार तातिने गरेको छ। यही विचमा अहिले सामाजिक संजाल र सामाचरमा कलाकार पल शाह र गायिका समिक्षा अधिकारबीच सम्वन्ध रहेको भन्ने कुराले चर्चा पाएको छ।
सबैतिर उनिहरु सम्वन्धमा रहेको र बिहेको लागी सम्झौता भएको भन्ने खबरले चर्चा पाइरहेको छ। तर यस विषयमा हालसम्म पल शाहले मुख खोलेका छैनन् ।
तर गायिका समिक्षाले भने आफुहरुविचमा कुनै अनैतिक सम्वन्ध नरहेको भन्दै फेसबुकमा स्टाटस लेखेर यस्ता भ्रामक समाचारले आफुहरुको चरित्र र करिएरमा धक्का पुगेको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेकी छन्। भ्रामक समाचारको पछि नलाग्न आफ्ना फ्यानहरुलाई आग्रह पनि गरेकी छन्।