बिहिवार, आश्विन १५ गते २०८३

सुडानमा सेनाले प्रधानमन्त्रीलाई नै नजरबन्दमा राखेपछि...

सोमवार , कार्तिक ८, २०७८

कामाडौं। सुडानमा त्यहाँको सेनाले प्रधानमन्त्रीलाई नजरबन्दमा राखेको छ। प्रधानमन्त्री अब्लुल्लाह ह्यामडोकलाई त्यहाँको सेनाले नजरबन्दमा राखेको हो। 

सोमबार सेनाको एउटा समूहले उनको निवासमा घेरा हालेको सुडानी सञ्चार माध्यमहरुले जनाएका छन्। प्रधानमन्त्रीलाई सेनाले घरमै नजरबन्दमा राखेको विषयको स्वतन्त्र पुष्टि भने भएको छैन।

सेना र नागरिक समूहको गठबन्धनविरुद्ध गत महिना सेनाले असफल कु को असफल प्रयास गरेको थियो। अहिले राजधानी खार्तुमको टेलिफोन सेवा बन्द रहेकोले थप विवरण सार्वजनिक नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।  

पक्राउ अगाडि उनको घरमा सेनाले घेरा हालेको थियो।  सेनाले प्रधानमन्त्रीका प्रेस सल्लाहकारलगायतका केही सरकारी अधिकारीलाई पक्राउ गरेपछि ह्यामडोकलाई नजरबन्दमा राखेको प्राप्त विवरणमा जनाइएको छ। यसअघि पूर्व शासक ओमार अल बशिरको सत्ता ढलेपछि सुडानमा राजनीतिक अस्थिरता बढेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार