काठमाडौं। सर्लाहीका तीन जना सुरक्षा अधिकारी कारबाहीमा परेका छन्। कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख जिम्मेवारीबाट हटाइएका हुन्।
गृह मन्त्रालयका अनुसार प्रजिअ महतोलाई जिम्मेवारीबाट हटाएर बाबुराम खतिवडालाई सर्लाही पठाइएको छ। नेपाल प्रहरीले एसपी सन्तोषसिंह राठौरलाई हटाएर एसपी कृष्ण प्रसाईंलाई जिम्मा दिएको छ।
सशस्त्र प्रहरी बलका प्रमुख एसपी गंगाराम श्रेष्ठ पनि जिम्मेवारीबाट हटाइएका छन्। श्रेष्ठको ठाउँमा एसपी भरत खनियाँलाई पठाइएको सशस्त्र प्रहरीले जनाएको छ। केही दिन अघि उनहिरु कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएको थियो।