काठमाडौं। साउदी अरेबियाले यमनमा लगातार बमबारी गरीरहेको छ। साउदीको सेनाको नेतृत्वमा केही दिनदेखि यमनको मारिब शहरमा लगातार बमबारी गरीरहेको हो।
सो बमबारीमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन। तर निरन्तर केही दिनदेखि त्यहाँ बमबारी भएको अधिकारीहरुले जनाएका छन्। मारिब यमनका विद्रोहीहरुको कब्जामा रहेको शहर हो।
उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीका बिरुद्धमा कारबाही गर्दै आएको यहाँका अधिकारीहरुले बताएका छन्। तेलको धनी मानिने यो शहर यमनका हुथी विद्रोहीहरुको कब्जामा रहेको छ।