काठमाडौं। अभिनेता रजनीकान्त अमेरिकामा स्वास्थ्य परीक्षण गरेर भारत फर्किएका छन् ।
उनी ९ जुलाईमा स्वदेश फर्किएका हुन् । उनलाई स्वागत गर्न चेन्नई एयरपोर्टमा फ्यानको भिड लागेको थियो ।
रजनीकान्तका साथ उनको श्रीमती लता पनि अमेरिका गएकी थिइन् ।
रजनीकान्त हरेक वर्ष नियमित स्वास्थ्य चेकअपका लागि अमेरिका जाने गर्दछन् ।
रजनीकान्तले २०१६ मा अमेरिकामै मृगौला प्रत्यारोपण गराएका थिए ।