एजेन्सी। जापानको शाही परिवारकी राजकुमारी माकोले कलेजका आफ्ना साथी तथा प्रेमी केई कोमुरोसँग विवाह गरेकी छिन्। यो विवाहका लागि उनले आफ्नो शाही दर्जा पनि छोडिदिएकी छिन्।
जापानको राजघरानाको नियमानुसार यदि शाही परिवारको कुनै सदस्यले यदि सर्वसाधारण व्यक्तिसँग विवाह गर्छन् भने उनले शाही दर्जा त्याग्नुपर्छ। यी दुईको विवाह पछिल्लो तीन वर्षदेखि धकेलिँदै आएको थियो।
सौतेनी आमाका कारण आर्थिक विवाद निम्तिएका कारण उनीहरुको विवाह रोकिएको थियो। माको र विवाहको कागजात २५ वर्षकी राजकुमारी माको सम्राट अकिहितोकी नातिनी हुन्। २५ वर्षका केई एक कानूनी क्षेत्रका कर्मचारी हुन्।
राजकुमारी माको र केई कोमुरो सन् २०१२ मा टोकियोको इन्टरनेशनल क्रिश्चियन युनिभर्सिटीमा भेटेका थिए। यी दुई त्यहाँ सँगै पढ्दथे। जापानमा पर्यटनलाई प्रोत्साहन दिनका लागि केईले एकपटक ‘प्रिन्स अफ सी’ को रुपमा पनि काम गरेका थिए।
जापानका राजकुमारी वा राजकुमारले सामान्य नागरिकसँग विवाह गरेका उनीहरुलाई लगभग १४० मिलियन येन हर्जना दिने गरिन्छ। तर माकोले उक्त हर्जना पनि लिन अस्वीकार गरेकी छन्।
दोस्रो विश्वयुद्धपछि हर्जना नलिने उनी पहिलो राजकुमारी हुन्। मंगलबार ९आज० बिहान राजकुमारी माकोले दरबार छोडेकी छन्। उनले राजदरबार छोड्नुअघि शिर निहुर्याएर पिता तथा जापानका राजा आकिसिनो र आमा किको बिदा मागेकी छन्।