काठमाडौँ। प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको राजिनामाको विषयलाई लिएर यतिखेर संचार माध्ययम तातेको छ। सर्वोच्चका न्यायाधिश तथा बार एसोसियसनले समेत प्रधानन्यायाधिश जबरा विवादमा आएको भन्दै राजिनामा माग गरिरहेका छन्।
यही बीचमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने परमादेश जारी गर्ने पाँचै जनाले राजिनामा दिनुपर्ने प्रतिक्रिया दिएका छन्। ओलीले परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन्।
एमालेको पालिका अधिवेशनलाई सम्बोधन गर्दै ओलीले पाकिस्तानी शैलीमा परमादेश जारी गर्ने सबैले राजीनामा दिनुपर्ने धारणा राखे।