आइतवार, श्रावण २४ गते २०८३

साहरुखको बडिगार्डको पारिश्रमिक साढे २ करोड, हेर्नुस अरुले कति तिर्छन्

मंगलवार , कार्तिक ९, २०७८

काठमाडौं। बलिउड कलाकारहरुको फ्यान क्रेज जिकै लोभलागदो छ। आफ्नो देशमा मात्रै होइन उनिहरुको क्रेज धेरै ठाँउमा छ। उनिहरुले त्यहीअनुसार आफुहरुलाई मेनटेन गर्ने गरेका छन्। एउटै प्रोजेक्टमा काम गर्दा करोडौँ पारिश्रमिक लिने यि वलीवुड कलाकारहरुले आफ्ना सुरक्षाका लागी व्यक्तिगत सुरक्षागार्ड राख्ने गरेका छन्। 

उनिहरु हरदम बडिगार्डको सुरक्षा घेरामा रहन्छन्। मिडियाले हरेक समय घेर्नेदेखि फ्यानको क्रेजी क्रियाकलापले कहिलेकाही बलिउड स्टारहरुलाई हैरान बनाउँछ। यसैले, उनीहरु बडिगार्डको सुरक्षा घेराभित्र आफूलाई सुरक्षित महशुश गर्छन्।

तर, यसका लागि उनीहरुले आफ्ना बडिगार्डलाई महंगो रकम तिर्ने गरेका छन्। बलिउडमा बडिगार्डका लागि सबैभन्दा महंगो रकम तिर्ने स्टारमा पर्छन्, साहरुख खान। साहरुखको साथमा हरेक समय देखिने रवि साहरुखको परिवारसँग पनि निक्कै नजिक छन् । उनै, रविलाई साहरुख एक बर्षको साढे २ करोड पारिश्रमिक दिने भारतिय संचार माध्ययमले खुलाएका छन्। 

रिपोर्ट अनुसार त्यस्तै अर्का नायक सलमान खानले बडिगार्ड गुरमित सिंहलाई पनि निकै महंगो पारिश्रमिक दिने गरेका छन्। ‘शेरा’ उपनामले परिचित गुरमितका लागि सलमानले बार्षिक २ करोड पारिश्रमिक दिने जनाइएको छ। 

बलिउड नायिका कट्रिना कैफको फ्यान क्रेज पनि लोभलाग्दो छ। कट्रिनाका बडिगार्ड दिपक सिंहले बार्षिक १ करोड पारिश्रमिक लिन्छन्, भने बलिउडका नायक अमिताभ बच्चनका बडिगार्ड जितेन्द्र सिंडेले बार्षिक १ करोड २० लाख पारिश्रमिक वुझ्ने गरेको भारतीय मिडियाले उल्लेख गरेका छन्।

नायिका दीपिका पादुकोणले आफ्ना बडिगार्ड जलालका लागि बार्षिक ८० लाख रुपैयाँ पारिश्रमिक दिने गरेकी छिन्। नायक अक्षय कुमारले आफ्ना बडिगार्ड श्रीयस थेलेका लागि बार्षिक १ करोड २० लाख पारिश्रमिक दिने गरेको रिपोर्टमा जनाइएको छ।


त्यस्तै नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीका वडिगार्ड प्रकाश सिंहले पनि बार्षिक १ करोड २० लाख पारिश्रमिक वुझ्ने गरेका छन्। यस्तै, नायिका श्रद्धा कपुरका वडिगार्ड अतुलले बार्षिक ९५ लाख र नायक ऋतिक रोशनले आफ्ना बडिगार्ड मयुर सेट्टीगरका लागि बार्षिक १ करोड २० लाख पारिश्रमिक दिने जनाइएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार