शनिवार, आश्विन २४ गते २०८३

ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्रीमा पुर्‍याउछौँ : उड्डयनमन्त्री आले

बिहिवार , कार्तिक ११, २०७८

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेकपा एमालेभित्र पकेटमारले प्रवेश पाएको बताएका छन्। नेकपा (एकीकृत समाजवादी) को कञ्चनपुरमा भएको विस्तारित बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ इंगित गर्दै आलेले यस्तो बताएका हुन्।

आलेले भने, ‘माधव कमरेडले बनाएको घरमा पकेटमार छिरेको छ। एउटा पकेटमारका कारणले कम्युनिष्ट आन्दोलन धराशायी अवस्थामा पुगेको छ।’ यस्तै उनले केपी ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्री सेल्सियसमा पुर्‍याउने दाबी गरे।

‘केपी ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्री सेल्सियसमा पुर्‍याउँछौं। त्यसपछि उहाँले आफ्नो नाम गिनीज बुकमा लेख्नुहुन्छ।’
उनले सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि सरकार सक्रिय भएर लागेको बताए। उनले अबको दुई वर्षमा महेन्द्रनगरको मझगाउँ विमानस्थल सञ्चालन गर्ने दाबी पनि गरे।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार