काठमाडौं। नेकपा (एमाले) ले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको संख्या बढाएर झण्डै २ हजार पुर्याएको छ। केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले प्रतिनिधि बढाउन सुझाव दिएपछि करिब चार सय संख्या बढाएको हो।
यसअघि स्थायी कमिटीले १ हजार ५ सय ३६ प्रतिनिधि हुने निर्णय गरेको थियो। अब चार सय थपिँदा १ हजार ९ सय ९९ प्रतिनिधि हुने छन्। एमालेले प्रतिनिधि छनोट २७ गते गर्ने भएको छ। साथै बैठकले बाँकी रहेका वडा र पालिका अधिवेशन चाँडै गर्न निर्देशन समेत दिएको छ।