काठमाडौं। नेपाल टेलिभिजनले आयोजना गरेको दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ। फाइनलमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई पराजित गर्दै प्रकाश र मीनाको समूहले उपाधि जितेको हो।
उपाधिसँगै प्रथम हुने समूहले नगद २० लाख तथा एक करोड बराबरको जीवन बीमा प्राप्त गरेको छ। यस्तै दोस्रो हुने समूहले १० लाख रुपैयाँसँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेको छ। तेस्रो स्थान रीता रावत र सविन आचार्यको समूहले जितेको छ।
मीना नेपाल र राजेन्द्र पाठकको समूहले सान्त्वना स्थान प्राप्त गरेको छ। तृतीय हुने समूहले तीन लाख र सान्त्वना हुने समूहले दुई लाख रुपैयाँ प्राप्त गरेको छ।