शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना प्रभावित उद्योगी-व्यवसायीलाई ५ करोडसम्म पुन:कर्जा

आइतवार , कार्तिक १४, २०७८

काठमाडौं। कोरोनाका कारण नेपालका उद्योगी व्यवसायी निकै मारमा परेका छन्। यसरी कोरोनाका कारण समस्यामा परेका उद्योगी र व्यवसायीललाई ५ करोडसम्म पुन:कर्जा दिइने भएको छ। 

नेपाल राष्ट्र बैंकले सूचना निकालेर बैंक तथा वित्तीय संस्थाहरुलाई पुन:कर्जाका लागि आवेदन दिन आग्रह गरेको छ। निजी क्षेत्रले राहत नपाए धेरै उद्योग–व्यवसायहरू बन्द हुने अवस्थामा पुगेको भन्दै गुनासो रहेको थियो।

त्यसलाई मध्यनजर गर्दै राष्ट्रबैंकले कोरोनाबाट अति प्रभावित र मध्ये प्रभावित व्यवसायीहरूलाई पुन:कर्जाको नीति लिएको हो।कोरोनाका कारण समस्यामा परेका उद्योगी र व्यवसायीले आफूले कारोबार गरेको बैंकमा पुन:कर्जाको लागि आवेदन दिन सक्ने राष्ट्र बैंले जनाएको छ। 

यस्तो कर्जा पाउनेमा यातायात, पर्यटन, चलचित्र उत्पादन, सिनेमा हल, रोजगारी गुमेका, कुखुरापालन व्यवसाय, पशुपन्क्षी, हवाई तथा पर्यटकीय मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय पार्टी प्यालेस, मत्स्यपालन,सीपमुलक व्यवसाय, वैदेशिक रोजगार सेवा प्रदायक, विद्यालय, निर्माण व्यवसाय, औषधि उत्पादक, छपाइ प्रकाशन तथा सञ्चार गृह, फलामजन्य व्यवसाय र अस्पताल रहेका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार