बिहिवार, आश्विन १५ गते २०८३

भारतको उत्तराखण्डमा बोलेरो दुर्घटना हुँदा १३ जनाको मृत्यु, २ जनाको उद्धार

आइतवार , कार्तिक १४, २०७८

काठमाडौं। नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तराखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेका २ जनाको उद्धार गरिएको छ। आइतबार बिहान देहरादुनस्थित चकराता-त्यूणी सडकमा भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ।

बोलेरो गाडीमा १५ जना सवार रहेकोमा दुई जनाको उद्धार गरिएको हो। उनिहरुको अवस्था पनि गम्भिर रहेको बीबीसीले जनाएको छ। प्रहरीका अनुसार चकराताको बायला गाउँबाट विकास नगर जाँदै रहेको बोलेरो गाउँबाट हिँडेको केही समयमै अनियन्त्रित भई  सडकबाट खसेको खसेको थियो।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले यस घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन्। साथै क्षमताभन्दा बढी भार राखेर गाडी नचलाउन  र चलाउनेलाई कारबाही गर्न पनि उनले निर्देशन दिएका छन्।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार