काठमाडौं। नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेको छ। प्रदेशसभाको ठूलो दल एकीकृत समाजवादीको आइतबार बसेको प्रदेश कमिटी बैठकले प्रदेश सरकारको नेतृत्वमा दावी गर्ने निर्णय गरेको हो।
प्रदेश कमिटी बैठकले प्रदेश सरकारको नेतृत्वका लागि केन्द्रीय कमिटीलाई अनुरोध गर्ने निर्णय गरेको स्रोतले जनाएको छ। प्रदेश कमिटीका सचिव दिनेशचन्द्र सुवेदीले प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिए। उनले पत्रकार सम्मेलन गरेर विस्तृतमा सबै कुरा जानकारी दिइने बताए।