काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग रुष्ट बनेका उपाध्यक्ष भिम रावलले अध्यक्ष ओलीकै कारण एमाले फुटेको बताएका छन्। १० बुँदे सहमतिको कार्यान्वयन नभएको भन्दै सहमति कार्यान्वयन दलबाट राजीनामा दिएका नेता रावलले ओलीकै कारण एमाले फुटेको आरोप लगाएका हुन्।
एमाले विभाजनको बेलामा माधवकुमार नेपालको साथ छाडेको उपाध्यक्ष रावल अहिले ओलीसँग रुष्ट छन्। ओलीले पार्टी विभाजनअघि नेपाल समूहलाई ‘बाइपास’ गरेझैँ अहिले तेस्रो धारका नेताहरूलाई बेवास्ता गरिरहेका छन्।
उनिहरु १० बुँदे सहमति गरेर माधव नेपालको साथ छोडेका उनिहरु अहिले अलमलमा परेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति पालना नगर्ने भएपछि एमालेमा विवाद भएको हो।