शुक्रवार, आश्विन १६ गते २०८३

अभियान लघुवित्तले पनि आईपीओ जारी गर्ने

सोमवार , कार्तिक १५, २०७८

काठमाडौं। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ। संस्थाले ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाउने भएको हो। करिब ९ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको हो।

अहिले रेटिङको काम गराइरहेको सो संस्थाले जानकारी दिएको छ। कम्पनीको चुक्तापूँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ भने सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चात् चुक्तापूँजी २५ करोड रुपैयाँ पुग्नेछ। काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले देशभर ६० वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार