शनिवार, आश्विन २४ गते २०८३

सुदूरपश्चिममा पनि मुख्यमन्त्रीमा एकीकृत समाजवादीको दाबी 

सोमवार , कार्तिक १५, २०७८

काठमाडौं। सुदूरपश्चिममा पनि नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीमा दाबी गरेको छ। सोमबार दिउँसो धनगढीमा आयोजित पत्रकार सम्मलेनमा एकीकृत समाजवादीकी प्रदेश अध्यक्ष गरिमा शाहले आलोपालोमै भए पनि प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने भन्दै मुख्यमन्त्रीमा दाबी गर्ने बताइन्।

उनले प्रदेश सभाको सबैभन्दा ठूलो दलका हिसाबले सरकारको नेतृत्वका लागि गठबन्धनमा प्रस्ताव गर्न पार्टी केन्द्रलाई माग गर्ने बताइन्। सरकारमा जिम्मेवारी हेरफेर हुने र सुदूरपश्चिममा अहिलेको गठबन्धनलाई निरन्तरता दिइने उनको भनाई थियो। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार