बिहिवार, आश्विन १५ गते २०८३

विदेशी मुद्रा प्रयोग नगर्न तालिबानले दियो चेतावनी

बुधवार , कार्तिक १७, २०७८

काठमाडौं। तालिबानले विदेशी मुद्रा प्रयोग नगर्न चचेतावनी दिएको छ। विदेशी मुद्रामाथि पूर्ण प्रतिबन्ध लगाएको तालिवानले आदेश उल्लघंन गरे कडा कारवाहीको  चेतावनी दिएको हो। 

तालिबानले बिहीबार विदेशी मुद्रामाथि पूर्ण प्रतिबन्ध लगाएको अलजजिराले जनाएको हो। ‘इस्लामिक इमिरेट्सले सबै जनता, पसले, व्यापारी, व्यवसायी र सर्वसाधारणलाई हरेक कारोबार अफगानी मुद्रामा गर्न र विदेशी मुद्रा प्रयोग नगर्न आदेश दिएको छ’, तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदद्वारा अनलाइनमा पोष्ट गरिएको विज्ञप्तिमा भनिएको छ।

तालिबानको आदेश उल्लंघन गर्ने जो कोहीलाई कानुनी कारबाही गरिने समेत विज्ञप्तिमा उल्लेख छ। काबुलस्थित अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा हमला भएको केही घण्टालगत्तै तालिबानले विदेशी मुद्रामाथि पूर्ण प्रतिबन्ध लगाएको समाचारमा उल्लेख छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार