सोमवार, श्रावण २५ गते २०८३

चीनद्वारा नेपाललाई थप १६ लाख डोज खोप सहयोग

बुधवार , कार्तिक १७, २०७८

काठमाडौं। चीनले नेपाललाई थप १६ लाख डोज खोप सहयोग गरेको छ। यसपटक भने भेरोसेल नभई साइनोफार्म खोप सहयोग गरेको हो। स्वास्थ्य मन्त्रालयमा बुधबार चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेकी हुन्।

राजदूत यान्छीले चीनको खोप सहयोगले महामारी नियन्त्रणमा सहयोगी हुने समेत बताइन्। चीनबाट हालसम्म पटक–पटक गरी ३४ लाख डोज खोप अनुदानमा आएको छ। त्यस्तै  कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद गरिएको छ।

जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ भने अरू आउने प्रक्रियामा रहेको स्वास्थ सचिव रोशन पोखरेलले जानकारी गराए। त्यसैगरी कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत अन्य खोप खरीद गर्न कोभ्याक्सलाई आवेदन दिएको स्वास्थ्यमन्त्री खतिवडाले बताए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार