काठमाडौँ। बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.२२ अंकले बढेको छ। यससंगै नेप्से २ हजार ८ सय ४८.८४ विन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा यो करिब ०.१८ प्रतिशतको वृद्धि हो।
आज ६१ हजार ७ सय ४५ कारोबारबाट २ सय २९ कम्पनीका ९९ लाख ९५ हजार ५ सय २२ कित्ता सेयर किनबेच भएको छ। ती किनबेचमा ६ अर्ब ५५ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।