काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा संयुक्त विद्यार्थी संगठनका विद्यार्थीहरुले नेपाल आयल निगम घेराउ गरेका छन्। आन्दोलित विद्यार्थीहरूले आज विहान ९ बजेदेखि आयल निगम घेरिरहेका छन्।
उनीहरूले निगमका महाप्रबन्धक लगायतलाई कार्यालय प्रवेश गर्न नदिने बताएका छन्। निगमले कात्तिक २४ गते राति १२ देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो। डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर ७५ रुपैयाँ वृद्धि गरेको छ। यससँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ।