शुक्रवार, आश्विन १६ गते २०८३

बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ? हेर्नुहोस्

शुक्रवार , कार्तिक २६, २०७८

काठमाडौं। शुक्रबार सुन चाँदीको मुल्य बढेको छ। शुक्रबार सुन तोरामा ४०० रुपैँयाले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ४०० रुपैयाँले बढेर ९४ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको जनाएको छ।

तेजाबी सुनको मूल्य समेत शुक्रबार ४०० रुपैयाँले बढेर ९३ हजार ९०० रुपैयाँ पुगेको महासंघले जनाएको छ। गत बिहीबार तोलामा एक हजार ३०० रुपैयाँ बढेर ९४ हजार रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार थप ४०० रुपैयाँ वृद्धि भएको छ। 

चाँदीको मूल्य भने गत बिहीबारको तुलनामा थप १५ रुपैयाँले वृद्धि भएको छ।  चाँदी शुक्रबार एक हजार २८५ रुपैयाँ तोला पुगेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार