सोमवार, श्रावण २५ गते २०८३
कोरोना अपडेट

२४ घण्टामा १८३१ जना संक्रमित थपिए, १५३३ जना संक्रमणमुक्त

आइतवार , आषाढ २७, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ३५ जनाको पिसिआर र ३ हजार ६ सय ८३ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएकोमा पिसिआरबाट १ हजार २ सय ३७  र एन्टीजेनबाट ५ सय ९४ जनामा संक्रमण पुष्टि भएको हो । 

सोही अवधिमा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् । यस्तै  २० जनाले ज्यान गुमाएका छन् । यसैबीच काठमाडौं उपत्यकाभित्र थप ३ सय ९१ जना संक्रमण देखिएकामा काठमाडौंमा २ सय ६३ जना, भक्तपुरमा ३१ जना र ललितपुरमा ९७ जनामा संक्रमण पुष्टी भएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार