काठमाडौं। अफगानिस्तानको नन्गर्हर प्रान्तस्थित स्पिन घर जिल्लामा रहेको एक मस्जिदमा बम विष्फोट हुँदा १२ भक्तजन मारिएको जनाइएको छ। भक्तजनहरू प्रार्थनाका लागि मस्जिदमा जम्मा भएको बेला भएको विस्फोटमा कम्तिमा १२ जना मारिएको एक तालिबानी अधिकारीले जानकारी दिएको एएफपी न्युज एजेन्सीले जनाएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले स्थानीयवासीलाई उद्धृत गर्दै स्थानीय समयअनुसार १ बजेर ३० मिनेटमा मस्जिदभित्र बिस्फोट भएको जानकारी दिएको छ। घटनबारे थप विवरण भने खुलाइएको छैन।