काठमाडौं । के–पप अर्थात कोरियन पप ब्यान्ड ‘बीटीएस’ले विश्व भरीनै चर्चा बटुलेको छ । बीटीएसको हाले सार्वजनिक भएको ‘परमिसन टु डान्स’ले पनि नयाँ रेकर्ड बनाएको छ ।
उनीहरुको जुलाई ९ मा रिलिज भएको नयाँ गीतको भिडियो ‘परमिसन टु डान्स’ले नयाँ रेकर्ड कायम गरेको हो । उक्त गीतको भिडियोले तीनदिनमा अर्थात जुलाई ११ भित्र १०० मिलियनभन्दा धेरै भ्युज पाइसकेको छ ।
यो उनीहरुको ३५ औं पूर्ण ग्रुप म्युजिक भिडियो रहेको छ । उक्त गीतको शब्द लेखन गायक एडी शिरनले स्टीव म्याक, जोनी म्याकडेड र जेन्ना एन्ड्रयुजको सहकार्यमा लेखेका हुन् ।