आइतवार, श्रावण २४ गते २०८३

यी हुन् ‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’पाउने व्यक्ती

शनिवार , कार्तिक २७, २०७८

काठमाडौं। ‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ सम्पन्न भएको छ। अधिराज्य मिडिया नेटवर्क प्रा.ली. ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विभिन्न विधामा रहेर स्रष्टालाई अवार्ड दिइएको छ।

यस्तै लामो समयदेखि नेपाली फिल्म र संगीत क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुलाई पनि सम्मान र पुरस्कृत गरेको थियो। अवार्ड कार्यक्रमका प्रमुख अथिती युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज थिए।

यस्तै कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, अभिनेता धिरेन शाक्य, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, अवार्ड संयोजक रामकाजी भूजेल ‘केवल’लगायतले स्रष्टालाई अवार्ड प्रदान गरे।

यी हुन् अवार्ड पाउने व्यक्ती

-फिल्म विधामा

वेदप्रसाद भुजेल: फिल्म ‘सञ्जोग’का लागि ‘उत्कृष्ट चलचित्र निर्देशक’
नरेन खड्का: ‘उत्कृष्ट अभिनेता’ फिल्म ‘मन्दिरा’
सुभेक्षा थापा ‘उत्कृष्ट अभिनेत्री’ ‘लक्ष्मी रानी’
राजेन्द्र बजगाई: ‘म त मर्छु कि क्या हो’ ‘उत्कृष्ट पाश्र्व संगीत’
राजुजंग थापा: ‘ब्याड ब्वाई’का लागि ‘उत्कृष्ट द्वन्द्व निर्देशन’
शंकर बस्नेत: ‘उत्कृष्ट प्रोडक्सन मेनेजर’
दीर्घ खड्का: ‘उत्कृष्ट सम्पादक’, फिल्म ‘आमा’
दिनेश खड्का: ‘उत्कृष्ट खलपात्र’, ‘धन्दागिरी’
धिरेन शाक्य: ‘उत्कृष्ट सह–अभिनेता’, ‘लक्ष्मी रानी’
कमल राई: ‘उत्कृष्ट नृत्य निर्देशक’, 
आशा भुषाल: ‘उत्कृष्ट अभिनेत्री’ ‘भद्रगोल’
राकेश रनपाल: ‘उत्कृष्ट मेकअप आर्टिष्ट’

सुगम संगीत विधातर्फ

दीपक शर्मा: ‘यस्तो माया’ ‘उत्कृष्ट संगीतकार आधुनिक’
वेनिशा पौडेल: ‘पर्दैन पर्दैन’ ‘उत्कृष्ट गायिका आधुनिक’
प्रताप दास: ‘यस्तो माया’ ‘उत्कृष्ट गायक आधुनिक’
एलिजा गौतम: ‘आटो पिठो’ ‘उत्कृष्ट मोडल महिला’
कमल सिंह: ‘काँचुली’ ‘उत्कृष्ट मोडल पुरुष’
साहिल खान: ‘एक्लै हुँदा परदेशमा’ ‘उत्कृष्ट नवनिर्देशक’
विष्णु खड्का: ‘जेल पनि सहुँला’ ‘उत्कृष्ट भिडियो सम्पादक’
अमृता कँडेल खकुरेल: ‘उत्कृष्ट मेकअप र फेसन डिजाइन’ 
पुरुषोत्तम प्रधान: ‘त्यो तिम्रो चोखो प्रेमको’ ‘उत्कृष्ट छाँयाकार’
अलिफ खान: ‘पानी कुवाको’ ‘उत्कृष्ट पप गायक’
रानी शाक्य: ‘सालघारी’ ‘उत्कृष्ट पप गायिका’
ओमप्रकाश राई: ‘सिरानीलाई’ ‘उत्कृष्ट संगीतकार पप’
दीपक आचार्य ‘काकु’: ‘ए काली भागौं यसपाली’ ‘उत्कृष्ट निर्देश्क पप’
नविनकुमार पौडेल: ‘तिमी नै’ ‘उत्कृष्ट लोक गायक’ 
लक्ष्मी आचार्य: ‘ओई मेरी’ ‘उत्कृष्ट गायिका लोक’ 
विज्ञान राई: ‘तिमी नबुझी’ ‘उत्कृष्ट भिडियो निर्देशक आधुनिक’

कार्यक्रममा अमरबहादुर विश्वकर्मालाई निर्देशनतर्फ र भुपेन्द्र अधिकारीलाई सम्पादनतर्फ ‘स्पेशल अवार्ड’ दिइएको थियो। त्यस्तै ‘न्यानो बस्ती’का निर्देशक दण्डबहादुर अधिकारी र मेकअप आर्टिस्ट अनिमेश गुरुङले पनि अवार्ड पाएका थिए।

त्यस्तै उमा बेबी गिरी, निर्देशक आकाश अधिकारी, छायांकार राजेश खड्का, पुरुषोत्तम पराजुली, मोडल जानकी कुँवर, मेकअप आर्टिस्टहरु नारायण भट्टराई, सुनिता मरासैनी, निशा राना, पप गायक सुरज पौडेल र निर्देशक कुमार आचार्यले ‘जुरी अवार्ड’ पाएका थिए। ‘पपुलर च्वाईस अवार्ड’ भने मिलन नेवार, गीता शाह र भीष्मराज फुलाराले जिते।

कार्यक्रममा अभिनेता सरोज खनाल र गायिका मञ्जु थापालाई ‘राष्ट्रिय व्यक्तित्व कलाकार सम्मान’, गीतकार डीआर उपाध्याय, खलपात्र तुलसीप्रसाद श्रेष्ठ, अभिनेता पुष्टबहादुर घिमिरे, गायिका विद्या तिवारी, मिक्सर मनोज परियार र सम्पादक नहकुल खड्कालाई ‘राष्ट्रिय कलाकार सम्मान’, युवा उद्यमी नवराज श्रेष्ठलाई ‘उद्यमी सम्मान’ र निर्देशक उत्तमप्रसाद अधिकारीलाई ‘कार्यक्रम व्यवस्थापक सम्मान’ प्रदान गरिएको थियो।

पत्रकारितार्फ पत्रकार लक्ष्मण सुवेदीलाई नगद राशीसहित ‘सर्वोत्कृष्ट चलचित्र पत्रकार २०७७’ बाट पुरस्कृत गरिएको थियो भने डब्बु क्षेत्री, विष्णु सुवेदी, कुवेर गिरी, नेमिष गौतम र गोपीकृष्ण चापागाईंलाई ‘राष्ट्रिय पत्रकारिता सम्मान’ प्रदान गरिएको थियो।

यसैगरी छायाँकार जीवन पराजुली, फिल्म निर्देशक मदन घिमिरे, संगीतकार राजु सिंह, छायाँकार रविचन्द्र कोइराला र पत्रकार सरोज ओझालाई ‘जुरी सर्टिफिकेट’ दिइएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार