आइतवार, श्रावण २४ गते २०८३

कट्रिना र विक्कीको विवाहमा सलमान खान नजाने

आइतवार , कार्तिक २८, २०७८

एजेन्सी। बलिउड नायिका कट्रिना कैफ र विक्की कौशलले चाँडै नै विवाह गर्न लागेको चर्चा व्यापक छ।

खबरलाई विश्वास गर्ने हो भने यी दुईको ७ देखि ९ डिसेम्बरको बीचमा विवाह हुँदैछ। सेवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट बारवरामा दुबैले विवाहका लागि स्थान बुकिङ गरेको खबर छ। तयारी राम्रोसँग चलिरहेको छ छैन भनेर यी दुईका प्रतिनिधि विवाह स्थल पुगेको बताइएको छ। विवाहमा यी दुईका नजिकका आफन्त र सिमित साथीभाइको मात्रै उपस्थिति हुने बताइएको छ।

जी न्यूजको रिपोर्ट अनुसार सलमान खान यी दुईको विवाहमा सरिक हुने छैनन्। यी दुईको विवाहको पहिलो निम्तो सलमान खान र उनको परिवारलाई पठाइएको भारतीय सञ्चार माध्यममा खबर प्रकाशित छ। कट्रिना कैफको सलमान खानसँग पारिवारिक सम्बन्ध छ। तरपनि सलमान उनीहरुको विवाहमा उपस्थित नहुने सम्भावना अत्यधिक रहेको खबरमा उल्लेख छ।

इन्डिया टुडेका अनुसार थुप्रै मानिसहरु छन् जो यो सूचीमा समावेश हुँदैछन्। यी दुबैले इन्डिष्ट्रिका आफ्ना साथीहरु र मेन्टर्सलाई बोलाएका छन्। यो सूचीमा करण जोहर, कियारा आडवाणी, सिद्धार्थ मल्होत्रा, मिनी माथुर र रोहित शेट्टीको नाम समावेश छ। यसबाहेक वरुण धवन र नताशा दलाल पनि विवाहमा सरिक हुनसक्छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार