काठमाडौं। बलिउड नायिका शिल्पा शेट्टी तथा उनका श्रीमान् राज कुन्द्रा फेरी नयाँ मुद्धामा मुछीएका छन्। उनिहरुविरुद्ध मुम्बईको बान्द्रा पुलिस स्टेशनमा मुद्दा दर्ता भएको हो। नितिन बराई नामका व्यक्तिले शिल्पा र राजले सन् २०१४ देखि हालसम्म स्पा र जिम फ्रेन्चाइज बाँड्ने नाममा थुप्रै पटक धोका दिएको आरोप लगाएका छन्।
नितिनले यो मामिलामा काशिफ खान, दर्शित शाह र उनका केही साथीलाई पनि आरोपी बनाएका छन्। यद्यपि, काशिफ र दर्शित को हुन् र शिल्पा-राजको कम्पनीमा उनीहरुको के भूमिका छ भन्ने बारे खुलाइएको छैन।
नितिनका अनुसार उनले पुणेको कोरेगाँवमा शिल्पा र राजको कम्पनी ‘मेसर्स एसएफएल प्राइभेट कम्पनी’ को जिम र स्पाको फ्रेन्चाइज खोलेका थिए। आरोपीले उनलाई १ करोड ५९ लाख २७ हजार भारु लगानी गर्न लगाए र ती पैसा नीजि प्रयोग गरेको आरोप लगाए। नितिनका अनुसार उनले पैसा फिर्ता माग्न थालेपछि आरोपीले धम्काउन सुरु गरेको आरोप छ।