काठमाडौं । अमेरिकी सरकारले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई प्रदान गरेको कोरोना विरुद्धको खोप सोमबार नेपाल आइपुग्ने भएको छ ।
अमेरिकाले एक डोज मात्रै लगाए हुने कोरोना भाइरस विरुद्धको जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ ।
अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका छ ।
उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो । अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले महाविपत्तिका बेलामा मित्रराष्ट्र अमेरिकाको सहयोग महत्वपूर्ण भएको बताए ।
यो खोप ५० देखि ५५ वर्ष उमेर समूहका व्यक्ति, शिक्षक र वैदेशिक रोजगारीमा जानेहरूलाई दिने सरकारले तयारी गरिएको छ । यसअघि ५५ वर्षभन्दा माथिका यसअघि प्राथमिकतामा परेकालाई खोप दिइने भनिएको छ ।
विगतमा तोकिएको उमेर समूह (छुटेकालाई) प्राथमिकतामा चीनबाट ल्याइएको भेरोसेल खोप दिइने भनिएको थियो । तर यो खोप कसलाई कुन उमेर समूहलाई दिइने भन्ने औपचारिक निर्णय भने भइसकेको छैन ।
तर ५० देखि ५५ वर्ष उमेर समूहकालाई र वैदेशिक रोजगारीमा जाने मुख्य प्राथमिकता हुने सरकारले बताएको छ । यसबारे छलफल भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले बताए ।