आइतवार, श्रावण २४ गते २०८३

पत्रकारितासंगै कलाकारितामा पनि कृष्ण पहाडी, पहिलो गीत मै चुलिँदो चर्चा

सोमवार , कार्तिक २९, २०७८

काठमाडौं। कृष्ण पहाडी पेशाले पत्रकार हुन्।

उनी देशको समसामायीक तथा राजनीतिक क्षेत्रमा खरोरुपमा कमल चलाउने पत्रकारका रुपमा परिचित छन्। मुलुकको संघिय राजधानी काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका पहाडी अब पत्रकार मात्रै नभई कलाकारितामा पनि सक्रिय भएका छन्।

उनले नायिका शिल्पा पोखरेलसंग कालाकारितामा डेब्यु गरेका छन्। लोकप्रिय गायक प्रमोद खरेलले आवाज दिएको गीतमा पहाडीले अभिनय गरेका छन्। उनले अभिनय गरेको गीत ‘एकै चोटी मार न ओए’ यति बेला चर्चामा छ। 

दर्शकहरुले दिएका प्रतिक्रिया पनि निकै सकरात्मक छन्। ‘यसले मलाई उर्जा मिलेको छ। पत्रकारितासंगै कलाकारितामा पनि प्रवेश गरेको छु। यसले मलाई थप उर्जा मिलेको छ। आगामी दिन थप मिहेनत गर्ने छु।’ पहाडीले सुनाए।

गीतमा शिव पौडेलको शब्द र ऋषी खड्काको संगीत छ। कपिल लामाले निर्देशन गरेको गीतको भिडियोमा पहाडीसहित नायिका पोखरेल र पुरुषोत्तम पौडेल र रिता भट्टराईको अभिनय छ।

गीत पुरुषोत्तम पौडेल युट्युब च्यानलबाट सार्वजनिक भएको हो। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार