शुक्रवार, आश्विन १६ गते २०८३

तिहारपछि सेयर बजारमा दोहोरो अंकले सुधार, यी हुन् धेरै कारोबार गर्ने कम्पनीहरु

सोमवार , कार्तिक २९, २०७८

काठमाडौं। धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। तिहारपछि लगातार ओरालो लागेको शेयर बजार सोमबा २६.४४ अंकले उकालो लागेर नेप्से परिसूचक दुई हजार सात सय १५.३५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनी ४.१० अंकले उकालो लागेर पाँच सय ६.५४ को विन्दुमा पुगेको छ।

आजको कारोबार रकम करिब ५ अर्ब रुपैयाँ रहेको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन विकास बैंक समूह सर्वाधिक २.६३ प्रतिशतले उकालो लागेको छ। वित्त समूह २.३ प्रतशतले बढेको आज बैंकिङ समूहमा ०.०५ प्रतिशत, व्यापार समूहमा १.८३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.८१ प्रतिशत, जलविद्युत समूहमा १.६७ प्रतिशत, निर्जीवन बीमा समूहमा १.७४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.७१ प्रतिशत, अन्य समूहमा ०.९८ प्रतिशत, लघुवित्त समूहमा १.२१ प्रतिशत, जीवन बीमा समूहमा ०.७५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२१ प्रतिशत र लगानी समूहमा १.९६ प्रतिशतको वृद्धि भएको छ। 

आज नेप्सेमा सूचीकृतमध्ये दुई सय २८ कम्पनीका ८६ लाख ३६ हजार ६ सय ३६ कित्ता सेयर ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार चार सय ४४ रुपैयाँमा किनबेच भएका छन्। आज महालक्ष्मी विकास बैंकको सर्वाधिक ३५ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार