काठमाडौं। बलिउड नायिका प्रिति जिन्टा जुम्ल्याहा सन्तानकी आमा बनेकी छिन्। ४६ वर्ष पुगेकी प्रिति जुम्ल्याहा सन्तानकी आमा बनेकी हुन्। उनले आफैंले सोसल मिडियामार्फत् यसबारे जानकारी दिएकी छन्।
प्रितिले आफ्नो इन्स्टाग्राममा श्रीमानसँगको फोटोसहित एक विशेष नोट सेयर गरेर यसबारे जानकारी दिएकी हुन्। जुम्ल्याहा बच्चाहरुको नाम जे जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफ राखेको पनि उनले सार्वजनिक गरेकी छन्। उनी सरोगेसीमार्फत् आमा बनेकी हुन्।