काठमाडौं। बलीवुड नायिका प्रितिले भर्खरै मात्रै आफ्ना जुम्ल्याहा सन्तानलाई खुसीसाथ स्वागत गरेकी छन्। प्रितिले बच्चालाई आफुले जन्मभने दिएकी होइनन्। उनि सारोगेसी मार्फत आमा बनेकी हुन्। उनले सामाजिक संजाल इन्स्टामार्फत खुसी व्यक्त गर्दै सरोगेसी र स्वास्थ्यकर्मीलाई धन्यबाद दिएकी छन्।
तर प्रिति मात्रै होइन बलीवुडका अन्य चर्चित व्यक्तिहरुपनि सरोगसी मार्फत आमाबाबु बनेका छन्। जसमा नायक आमिर खानदेखी शाहरुख खानको नाम समेत छ। कति विवाहित जोडी छन् भने कति सिंगल अभिभावक पनि बनेका छन्।
१) शाहरुख खान – बलीवुडका बादशाह भनेर चिनिने शाहरुख खान र पत्नी गौरीले पनि सरोगसीको सहयोगमा बच्चा जन्म दिएका हुन्। उनिहरुले २०१३ मा छोरा अबराम खानलाई सरोगसी मार्फत जन्माएका हुन्।
२) आमिर खान – नायक आमिर खान र पत्नी किरण रावले छोरा आजाद खानलाई सरोगसी मार्फत जन्म दिएका हुन्।
३) शिल्पा शेट्टी – २०२० मा शिल्पाप शेट्टी र राज कुन्द्राले सरोगेसीमार्फत एक छोरीलाई जन्म दिए। जसको नाम समीशा कुंद्रा राज राखे।
४) करण जौहर – करण जौहर पनि सरोगसी मार्फत पित बनेका हुन्। उनि सरोगेसी मार्फत २ सन्तानका बाबु बनेका छन्।
५) एकता कपुर – टेलीभिजन सिरियल क्वीनको नामले चिनिने एकता कपुर पनि सरोगसी मार्फत आमा बनेकी हुन्।
६) तुषार कपुर – त्यस्तै तुषार कपुर पनि अविवाहित पित बनेका छन्। उनि पनि सरोगेसी मार्फत २०१७ मै छोरोको बुवा बनेका हुन्।
सरोगेसी के हो ?
कतिपय व्यक्तिहरु चाहेर पनि विभिद कारणले सन्तान जन्माउन सक्दैनन्, भने कोही आफ्नो बच्चा चाहिएपछि बच्चा जन्माउन चाँहदैनन्। तर आफे वंश अगाडी बढाउन चाहन्छन्। यस्तो अवस्थामा सरोगेसी माध्ययम सबैभन्दा उपयुक्त उपाय बनेको छ। र यो एक लोकप्रिय माध्यम बनेको छ।
यसलाई सजिलो भाषामा कोख किन्ने भन्न सकिन्छ। बच्चा चाहने कुनै पनि दम्पतीले आफू सक्षम भएर पनि स्वास्थ्य या अन्य कुनै कारणले स्वयंद्वारा बच्चा असमर्थ भई दम्पतीले श्रीमानको वीर्य तथा श्रीमतीको डिम्ब वा श्रीमानमात्र सक्षम रहेको अवस्थामा श्रीमानको वीर्य तथा डिम्ब बैंकबाट किनेको डिम्ब वा श्रीमतीमात्र सक्षम रहेको अवस्थामा श्रीमतीको डिम्ब तथा वीर्य बैंकबाट किनेको वीर्य सरोगेट मदरको पाठेघरमा चिकित्सकद्वारा प्रत्यारोपण गरेर बच्चा जन्माउने प्रक्रियालाई सरोगेसी (इन भिट्रो फर्टिलाइजेसन) भनिन्छ।
सरोगेसीमा बच्चा चाहने पुरुष र भाडाकी महिलाबीच प्रत्यक्ष रुपमा शारिरिक सम्पर्क भने हुदैन। आफूले पाएका बच्चामाथि यस्ता महिलाको कानुनी अधिकार नहुनुका साथै डीएनएसमेत मेल खाँदैन। तसर्थ सरोगेसी मातृत्व वा प्रजनन क्षमतालाई पैसामा बिक्री गर्ने आधुनिक व्यवसाय नै हो भन्दा त्यक्ति फरक नपर्ला।
व्यवसायकै रुपमा फस्टाएको सारोगेसी माध्ययमका थुप्रै चुनौती पनि छन्। सामान्यतया: सरोगेसीका लागि कमजोर, अशिक्षित, बेरोजगार, गरिब तथा निर्णय क्षमतामा पहुँचविहीन महिलाहरू नै प्रयोग हुने गरेको पनि पाइन्छ। जेजति महिलाले कोख लिन्छन्, सबै बच्चाहरू सवलांग जन्मिन्छन् भन्ने निश्चित हुँदैन।
विकलांग बच्चा जन्मिएमा तथा अन्य केही कुरा चित्त नबुझेमा करार गर्ने दम्पतीले बच्चा अस्वीकार गर्ने जस्ता जटिलता विश्वभर देखिएका छन्। यस्तो अवस्थामा कोख बोक्ने महिला पैसामा ठगिने त छँदैछन्, स्वास्थ्य पनि बिग्रने अनि विकलांग बच्चासमेत स्याहार्नुपर्ने बाध्य आइलाग्ने हुन्छ।