आइतवार, श्रावण २४ गते २०८३

मन छुने (मनमाया)

बिहिवार , मंसिर २, २०७८

काठमाडौं। कार्तिक दोस्रो सातातिर युट्युवमा सार्वजनिक भएको (मनमाया) गीत हालसम्म ७ लाख ३६ हजार बढी पटक हेरिएको छ। गीत हेरेका दर्शकहरुको प्रतिक्रियालाई आधार मान्ने हो भने धेरैले यो गीतलाई दोहोर्याएर हेरेका छन्। 

चर्चित कलाकार देवी घर्ती र देवेन्द्र बब्लुको स्वर रहेको गीत (मनमाया) को शब्द निकै मन छुने छ। शब्द मात्रै होइन गीतको भिडियो पनि निकै मन छुने छ। खासगरी मानिसहरु पछिल्लो समय मौलिकपनलाई रुचाउने गर्दछन्। यो गीतमा धेरै नेपालीले आफ्नौ मौलिकपन भेटाउने गर्दछन्। 

गीतको भिडियोमा एक पाको उमेरकी महिला र प्रौढ पढाउन गाँउ आएका व्यक्तीबीचको मौन प्रेमलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ। त्यसैले त गीत हेरेका र सुनेका धेरै युजरहरुले निकै राम्रो प्रतिक्रिया दिँदै गीतले निकै मन छोएको भनेका छन्। भने कसैले फरक खालको स्वाद दिएको भनेका छन्। पशुपती राई र देवेन्द्र बब्लु फिचर्ड रहेको गीतको भिडियो निर्देशन देवेन्द्र आफैले गरेका हुन्। गीतको शब्द पनि देवेन्द्र बब्लुकै रहेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार