काठमाडौं । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले नेपाललाई दिएको जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको छ ।
अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप लिएर कतार एयरको जहाज बिहान काठमाडौं आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
त्रिभुवन विमानस्थलमा नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले पत्रकार सम्मेलन गरेर स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे ।
मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाले पठाएको जोन्सन एन्ड जोन्सन खोप बुझ्दै प्राथमिकताका आधारमा र ५० देखि ५५ वर्षका नागरिकलाई दिइने बताएका छन् ।
खोप अभियान छिट्टै सञ्चालन गर्ने पनि मन्त्री श्रेष्ठले बताए । अमेरिकी सरकारले कोभ्याक्स कार्यक्रममार्फत पठाएको जोन्सन एन्ड जोन्सन खोप एक डोज मात्रै लगाइने खोप हो ।