शुक्रवार, कार्तिक ७ गते २०८३

कर्णालीमा माओवादी केन्द्रले माग्यो चार मन्त्रालय

बिहिवार , मंसिर २, २०७८

काठमाडौं। नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा चार मन्त्रालय माग गरेको छ। बिहीबार बसेको प्रदेश संसदीय दलको बैठकले चार मन्त्रालय अनिवार्य पाउनुपर्ने निर्णय गरेको हो।

आफूहरु हालको सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल भएकाले सम्मानजनक सहभागिताका लागि चार मन्त्रालय चाहिने निर्णय गरेको संदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले बताए।

बैठकले मन्त्रालय छान्ने जिम्मा भने संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको छ। कति मन्त्रालय पाउने भन्ने टुंगो लागिसकेपछि मात्र पार्टीका तर्फबाट मन्त्रीको नाम टुंग्याइने सचेतक विष्टले बताए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार