काठमाडौं। भारतीय योगगुरु बाबा रामदेवले नेपालमा दुई टेलिभिजन संचालनमा ल्याएका छन्। जसको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन्। रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्नेगरी संचालनमा ल्याइएको छ।
राजधानीको मन्डिखाटारमा आयोजित विशेष कार्यक्रमका बीच प्रधानमन्त्री देउवाले टेलिभिजनको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा देउवासहित काँग्रेसका नेताहरु, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित विभिन्न दलका नेताहरु सहभागी छन्।
टेलीभिजन उद्घाटनका लागी रामदेव र आचार्य बालकृष्ण हिजो नेपाल आएका थिए। उनिहरुले माओवादी केन्द्रका नेता प्रचण्डसंग बिशिबार सांझ भेट समेत गरेका थिए।