शुक्रवार, कार्तिक ७ गते २०८३

जापान जानेलाई खुसीको खबर : पाँच वर्ष बढी बस्न पाउने गरी २०२२ देखि विदेशी कामदार लैजाने 

शुक्रवार , मंसिर ३, २०७८

काठमाडौं। कोरोना महामारीका कारण बन्द रहेको जापानले सन् २०२२ देखि विदेशी कामदार भित्राउने भएको छ। जापानले २०२२ देखी निर्माण र कृषि क्षेत्रका कामदार लैजाने भएको हो। साथै अब जापानले ५ वर्षसम्म मात्रै बस्न पाउने नियम परिवर्तन गरी अनिश्चित समयका लागि जापान बस्न पाउने व्यवस्था गर्ने भएको छ।

त्यहाँको कानून मन्त्रालयले बिहीवार सो घोषणा गरेको रोयटर्सले जनाएको छ। सन् २०१९ देखि लागू भएको विशेष सीप भएका कामदारको कानून अन्तर्गत कृषि, नर्सिङ र सरसफाइ क्षेत्रका कामदार पाँचवर्ष मात्र बस्न पाउने प्रावधान थियो र परिवार लैजान पनि अनुमति थिएन।

जापान सरकारले अन्य क्षेत्रमा गरेका यस्तो खाले कडाइलाई पनि खुकुलो बनाउने संकेत दिएको छ। यो नयाँ कानून लागू भए नेपाल, चीन, भियतनामसहितका मुलुकका कामदारलाई भिसा नवीकरणसहित परिवारसँग अनिश्चित समयका लागि जापान बस्ने सुविधा हुनेछ।

यो सुविधाको अर्थ त्यहाँको स्थायी बसोबासको अनुमति भने नभएको सरकारी प्रवक्ता हिरोकाजू मातसुनोले जनाए। जापानमा अध्यागमन मुद्दा लामो समय विवादित हुँदै आएको छ। तर, कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा जापानमा कामदारको अभाव चुलिएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार