शुक्रवार, कार्तिक ७ गते २०८३

अमेरिकी सहायक विदेशमन्त्री लुसंगको भेटमा एमसीसीबारे प्रचण्डले यसो भने

शुक्रवार , मंसिर ३, २०७८

काठमाडौं। सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँगको द्धिपक्षीय भेटवार्ता गरेका छन्। भेटमा उनले अमेरिकी अनुदान सम्झौता (एमसीसी)लाई लिएर संसदमा मतदान हुनसक्ने सम्भावना रहेका जनाकारी गराएका छन्।

दाहालले एमसीसीलाई लिएर संसदमा मतविभाजनको स्थितीसम्म आउनसक्ने भन्दै मतदानको सम्भावना रहेको बताएको दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। स्वकीय सचिव मल्लका अनुसार अमेरिकी कूटनीतिज्ञ लूले एमसीसी अनुमोदनबारे दाहालसँग चासो राख्दै एमसीसी पास गर्न दाहाललाई आग्रह गरेका थिए। 

लूको उक्त आग्रहमा दाहालले एमसीसीलाई लिएर सत्तारुढ दल, नागरिक समाज र पत्रकारबीच छलफल गरेर निष्कर्ष निकालिने जवाफ दिएका थिए। 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार