शुक्रवार, कार्तिक ७ गते २०८३

पत्रकार न्यौपानेलाई कांग्रेसमा मतदान किन गर्ने ?

शुक्रवार , मंसिर ३, २०७८

काठमाडौं। पत्रकार सन्तोष न्यौपाने पनि कांग्रेसको नेता बन्दैछन्। कांग्रेसको १४ औं महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधि बन्ने दाउमा छन्। झण्डै २५ वर्षअघिबाट पत्रकारिता थालेका उनी कांग्रेसनिकट नेपाल प्रेस युनियनका पनि नेता हुन्।

उनी राष्ट्रिय समाचार समिति (रासस) को पनि बोर्ड सदस्य भइसकेका छन्। विभिन्न टेलिभिजनमा अन्तरवार्तासँगै कार्यक्रम पनि सञ्चालन गर्दै आएका उनले काठमाडौंको क्षेत्र नम्वर ६ को (क) प्रदेशबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिने भएका छन्। ‘हाम्रो परिवार नै कांग्रेस हो त्यसैले पनि कांग्रेससँग मेरो पुरानो नाता छ’ उनले भने ‘मैले कांग्रेसको लागि ठूलो योगदान दिएको छु, पटक पटक भएका प्रतिगमनविरुद्ध आन्दोलनमा पनि सक्रिय भएको छु।’

अरु धेरै पत्रकारहरु महाधिवेशन प्रतिनिधि भएको बेला न्यौपानेले पनि आफू स्वाभाविक दाबेदार भएको बताएका छन्। उनले पत्रकारिता र राजनीतिलाई सँगै लाने जनाएका छन्। उनले आफ्नो योगदानको कदर गर्दै प्रतिनिधिहरुले मतदान गर्ने विश्वास गरेका छन्।

कांग्रेसले आफूलाई समयसापेक्ष सुधार गर्दै लैजानुपर्छ भन्ने उनी आगामी निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बन्ने दाबी गर्छन्। सबैसँग राम्रो सम्बन्ध भएका उनी देशको निकासको लागि कांग्रेसको विकल्प नभएको भन्दै आएका छन्।

258230089_371612914755613_173557082088326551_n.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार