बिहिवार, आश्विन १५ गते २०८३

कसरी बनिन् ८५ मिनेटका लागि कमला ह्यारिस अमेरिकाकी कार्यवाहक राष्ट्रपति?

शनिवार , मंसिर ४, २०७८

काठमाडौं। राष्ट्रपति जो बाइडेनले शुक्रबार अस्थायी रुपमा उपराष्ट्रपति कमला ह्यारिसलाई सत्ता हस्तान्तरण गरेका छन्। उनी १ घण्टा २५ घण्टाका लागि नियमित स्वास्थ्य परीक्षणका लागि जाँदा यसो गरेका हुन्।

अमेरिकाको सत्ता केही समयका लागि उपराष्ट्रपति कमला ह्यारिससँग रह्यो। राष्ट्रपति जो बाइडेन शुक्रबार अबेर राती हुने कोलोनोस्कोपीका लागि एनेस्थिसियामा थिए। ह्वाइट हाउसकी प्रेस सचिव जेन पास्कीले बाइडेन एनेस्थिसियामा थिए, त्यतिबेला ह्यारिसले वेस्ट विङ्गमा आफ्नो अफिसमा काम गरिन्।

बाइडेन अमेरिकी इतिहासमा राष्ट्रपति पद सम्हाल्ने सबैभन्दा उमेरदार व्यक्ति हुन्। आज बाइडेन आफ्नो ७९ औं जन्मदिन मनाइरहेका छन्। जन्मदिनको एक दिन अघि उनी शुक्रबार बिहान वासिङ्टन बाहिर वाल्टर रिड मेडिकल सेन्टर गए।

हुन त उनी हरेक वर्ष उपचार र परीक्षण गर्ने गर्छन्, तर यसवर्ष जनवरीमा राष्ट्रपति पद सम्हालेपछि यो उनको पहिलो उपचार हो। कोलोनोस्कोपी परीक्षणका बेला बाइडेनलाई बेहोस पारिएको थियो। त्यसैले यतिबेला राष्ट्रपतीय शक्ति ह्यारिस समक्ष थियो।

कमला ह्यारिस पहिलो अश्वेत र दिक्षण एशियाली मूलकी उपराष्ट्रपति बनेकी थिइन्। पास्कीका अनुसार बाइडेन एनेस्थियामा हुँदासम्म ह्यारिसले राष्ट्रपतिको हैसियतले सत्ता सम्हालिन्। यद्यपि, उनले वेस्ट विङ्गस्थित आफ्नो अफिसबाटै काम गरिन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार